कोरोना संक्रमितसँगै रहेका ६२ जनाको रिपोर्ट नआउँदै घर पठाइयो
बाजुरा, असार ४ : जिल्लाको बूढीगङ्गा नगरपालिका–१ धुरालसैन मावि क्वारेन्टाइमा बसेका ६२ जनालाई पीसीआर रिपोर्ट नआउँदै घर पठाइएपछि सर्वसाधारण त्रसित ....

बाजुरा, असार ४ : जिल्लाको बूढीगङ्गा नगरपालिका–१ धुरालसैन मावि क्वारेन्टाइमा बसेका ६२ जनालाई पीसीआर रिपोर्ट नआउँदै घर पठाइएपछि सर्वसाधारण त्रसित बनेका छन्।
कोरोनाकै कारण ज्यान गुमाएकी बालिकासँगै क्वारेन्टाइनमा बसेका ६२ जनाको पीसीआर रिपोर्ट नआउँदै बुधबार नगरपालिकाले घर पठाएपछि स्थानीय आक्रोशित बनेका हुन्।
धुरालसैन माविको क्वारेन्टाइनमा बस्ने करिब १८७ जनाको पीसीआर जाँचका लागि धनगढी पठाइएको थियो। रिपोर्ट आउनमा ढिलाइ भएपछि ६२ जनाको रिपोर्ट नआउँदै उनीहरुलाई घर पठाइएको हो। रिपोर्ट नआएकाहरु धरै दिनसम्म बस्नुपरेको भन्दै आक्रोशित हुन थालेपछि नगरपालिकाले घर पठाइदिएको आरोप स्थानीयको छ।
त्यस्तै बुधबार नै सदरमुकाम मार्तडीको बाजुरा क्याम्पस र मालिका माविको क्वारेन्टाइनमा रहेकालाई पनि २३ दिनसम्म पीसीआर रिपोर्ट नआएपछि घर पठाइएको छ।











