बिहीबार रौतहटमा थपिए ३४ नयाँ कोरोना संक्रमित
काठमाडौं, असार ४ : रौतहटमा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
रौतहटको इशनाथका २४, राजपुरका ७, गौरका २ र परोहामा १ ....

काठमाडौं, असार ४ : रौतहटमा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
रौतहटको इशनाथका २४, राजपुरका ७, गौरका २ र परोहामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए।
यससँगै रौतहटमा कोरोना संक्रमितको संख्या १ हजार ९४ पुगेको छ।
प्रकाशित मिति: १७:३५ बजे, बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार