Kathmandu Press

प्रधानमन्त्रीले फेरी बोले झुट, विज्ञ भन्छन्– बेसार खाँदा जन्डिस बढ्दैन

काठमाडौं, असार ४ : विज्ञहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको बेसारसम्बन्धि टिप्स गलत रहेको बताएका छन्। आगामी आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री ....

प्रधानमन्त्रीले फेरी बोले झुट, विज्ञ भन्छन्– बेसार खाँदा जन्डिस बढ्दैन

काठमाडौं, असार ४ : विज्ञहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको बेसारसम्बन्धि टिप्स गलत रहेको बताएका छन्। आगामी आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री कार्यालयका लागि विनियोजित बजेटमाथि उठेका प्रश्नको बिहीबार राष्ट्रियसभामा जवाफ दिने क्रममा उनले फरक प्रसंग कोट्याउँदै जन्डिस लागेका, गर्भवती तथा सुत्केरी महिला र रगत कमी भएको व्यक्तिले बेसार खान नहुने बताएका थिए। 

तर, विज्ञहरुले भने प्रधानमन्त्री आफैंले जनतालाई गलत सुचना दिएको बताएका छन्। वीर अस्पतालका प्रध्यापक डाक्टर सुधांशु केसीले जन्डिस भएका व्यक्तिले बेसार खान हुँदैन भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति गलत भएको बताएका छन्। ‘यसरी गलत सूचना जनतालाई दिन हुन्न प्रधानमन्त्री ज्यू। कुन किताबमा लेखेको छ, जन्डिसमा बेसार खान हुँदैन भनेर?’, प्रधानमन्त्रीको सम्बोधन लगत्तै उनले ट्वीटरमा भनेका छन्, ‘बेसार खाएर जन्डिस हुने भए, बढ्ने भए जिन्दगी भरी हरियो घाँस खाने भैंसी कालो नभएर हरियो हुन्थ्यो।’ 

प्रधानमन्त्रीले यसअघि पनि कोरोना भाइसर र प्रतिरक्षा प्रणालीका बारेमा दिएका अभिव्यक्तिमा सत्यता नभएको भन्दै विज्ञहरुले खण्डन गरेका थिए। तर, पनि ओलीले आफ्नो दाबी छोडेका छैनन्। 

ओलीले बिहीबार पनि नेपालीको प्रतिरक्षा प्रणाली बलियो भएकाले कोरोना भाइरसले खासै असर नगर्ने दोहोर्याए। उनले अदुवा, लसुन र बेसारले औषधिको काम गर्ने बताए। ‘मेलै सडकमा कतिपयले बेसार खाएर पनि निको हुन्छ भनेको पनि देखेँ। जे को पनि उपचार बेसारले हुन्छ भन्ने पनि निस्किए’ उनले भने, ‘बेसारले उपचार मात्र हैन कहिलेकाहीँ बिषको पनि काम गर्छ।’

सोही क्रममा उनले जन्डिसका बिरामीले बेसार खान नहुने बताएका थिए।

 

प्रकाशित मिति: १६:५७ बजे, बिहीबार, असार ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्