कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुग्यो
काठमाडौं, असार ४ : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ। गत २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको हो।
....
काठमाडौं, असार ४ : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ। गत २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा गोदावरी नगरपालिका ४ कैलालीका ४६ वर्षीय पुरुष रहेका छन्। उनको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
त्यस्तै, लम्कीचुहा २ कैलालीका ४३ वर्षीया महिलाको मृत्यु भएको छ। उनको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो।
हालसम्म नेपालको ७४ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ।
प्रकाशित मिति: १६:३४ बजे, बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1792413548.jpeg)

