Kathmandu Press

काेराेना संक्रमणबाट २० जनाकाे मृत्यु भएको छैन : प्रधानमन्त्री

काठमाडाैं, असार ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको कारण नेपालमा २० जनाको मृत्यु नभएको बताएका छन्। राष्ट्रिय सभाको बिहीबारको बैठक....

काेराेना संक्रमणबाट २० जनाकाे मृत्यु भएको छैन : प्रधानमन्त्री

काठमाडाैं, असार ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको कारण नेपालमा २० जनाको मृत्यु नभएको बताएका छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा उनले नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढीमा ३ रहेको बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारसम्म नेपालमा कोरोनाबाट २० जनाको मृत्यु भएको जनाएको छ। 

'कतिपयलाई यथार्थ भन्दा रुचिकर मान्नुभएको छैन  २० जनाको निधन भएको छ तर उनीहरूको कोरोनाकै कारण निधन भएको होइन । एकाध, दुई, तीन केस हुनसक्छ कोरोनाकै कारणले निधन भएको। उनीहरूको अन्य बिमारीको कारणले मृत्यु भएको हुनसक्छ तर कोरोनाले छोएको हुनसक्छ।'

कोरोना संक्रिमित व्यक्तिको जुनसुकै कारण मृत्यु भएमा विश्व स्वास्थ्य संगठनको मापदण्डका कारण कोरोनाकै कारण भएको मान्नुपर्ने प्रधानमन्त्तीेका भनाई थियो।

प्रकाशित मिति: १५:३९ बजे, बिहीबार, असार ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्