Kathmandu Press

चेल्सीले भित्र्यायो वार्नर

काठमाडौं, असार ४ : इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले जर्मन स्ट्राइकर टिमो वार्नरलाई भित्र्याएको छ। चेल्सीले वार्नरलाई बुन्डेसलिगा क्लब आरबी लेइपजिगबा....

चेल्सीले भित्र्यायो वार्नर

काठमाडौं, असार ४ : इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले जर्मन स्ट्राइकर टिमो वार्नरलाई भित्र्याएको छ। चेल्सीले वार्नरलाई बुन्डेसलिगा क्लब आरबी लेइपजिगबाट पाँच वर्षका लागि अनुबन्धन गरेको हो।

अब उनी सन् २०२५ सम्म लन्डनमा रहनेछन्। आगमी जुलाईमा मेडिकलका लागि वार्नर लन्डन आउने बताइएको छ।

चेल्सीले वार्नरसँगको सम्झौता रकम खुलाएको छैन। तर, विभिन्न सञ्चारमाध्यमहरूले चेल्सीले वार्नर भित्र्याउन ४८ मिलियर पाउन्ड खर्च गरेको बताएका छन्। उनले चेल्सीमा प्रतिसाता १ लाख ७० हजार पाउन्ड पारिश्रमिक पाउने बताइएको छ।

अघिल्लो साता वार्नरसँग कुरा गर्न प्रशिक्षक फ्यांक लाम्पार्ट गोलकिपर प्रशिक्षक पिटर चेकसहित जर्मन पुगेका थिए। दुई सिजन खेलाडी अनुबन्धनमा प्रतिबन्ध खेपेको चेल्सीले अहिले खेलाडी अनुबन्धनमा सक्रियता देखाएको छ। चेल्सीले जनवरीमै डच क्लब आयाक्सका हाकिम जियसलाई अनुबन्धन गरेको थियो।

बुन्डेस लिगामा वर्नार निरन्तर उत्कृष्ट लयमा छन्। उनले यो सिजन ४५ खेलमा ३२ गोल गरेका छन् भने १३ गोलका लागि सघाएका छन्। वार्नरकै उत्कृष्ट प्रदर्शनको मद्दतमा आरबी लेइपजिग बुन्डेस लिगामा तेस्रो स्थानमा छ भने च्याम्पियन्स लिगमा पनि क्वाटरफाइनल पुगिसकेको छ।

लेइपजिगमा तीन सिजन बिताउँदा वार्नरले १५७ खेल खेल्दै ९३ गोल गरेका छन्। सन् २०१७ देखि नै राष्ट्रिय टिमको नियमित सदस्य रहेका वार्नरले २९ खेलमा १७ गोल गरेका छन्।

प्रकाशित मिति: १५:३५ बजे, बिहीबार, असार ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्