Kathmandu Press

राजनीतिक पहुँचको आधारमा डा. सिंहलाई डिन नियुक्त गरेको भन्दै अनेरास्ववियूद्वारा आइओएममा तालाबन्दी 

काठमाडौं, असार ४ : डाक्टर दिव्यासिंह शाहलाई चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)को डिन नियुक्त गरेको भन्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको ....

राजनीतिक पहुँचको आधारमा डा. सिंहलाई डिन नियुक्त गरेको भन्दै अनेरास्ववियूद्वारा आइओएममा तालाबन्दी 

काठमाडौं, असार ४ : डाक्टर दिव्यासिंह शाहलाई चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)को डिन नियुक्त गरेको भन्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ विद्यार्थी संगठन अनेरास्ववियूले विराेध गरेकाे छ। वरिष्ठता मिचेर राजनीतिक पहुँचकै आधारमा सिंहलाई डिन नियुक्त गरेको भन्दै अनेरास्ववियूले तालाबन्दी गरेको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक रहेकी सिंहलाई प्राध्यापक डाक्टर प्रेम ज्ञवाली नेतृत्वको सिफारिसअनुसार त्रिविले बुधबार डिनमा नियुक्त गरेको थियो। 

‘हाम्रो गौरवशाली संगठन सरकारमा जोसुकै भए पनि विकृति र विसंगतिका विरूद्ध सधै लडेको इतिहास छ। तसर्थ कोरोना महामारीका बेला रातारात विषय टुंग्याएर राजनीतिक आडमा अमुक व्यक्तिलाई डिन बनाइएको हुनाले यस संगठन चुप बस्दैन,’ इकाइ अध्यक्ष बिनय पंज्ञानीद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: १४:५४ बजे, बिहीबार, असार ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्