Kathmandu Press

लकडाउनमा रोकियो १५ बालविवाह

हेटौंडा, असार ४ : बालविवाह रोक्ने विशेष अभियानअन्तर्गत मकवानपुर जिल्लामा  लकडाउनको अवधिमा १५ बालविवाह रोकिएको छ। सिबिन बाल हेल्पलाइनका अनुसार हेट....

लकडाउनमा रोकियो १५ बालविवाह
स‌ंकेतिक तस्बिर

हेटौंडा, असार ४ : बालविवाह रोक्ने विशेष अभियानअन्तर्गत मकवानपुर जिल्लामा  लकडाउनको अवधिमा १५ बालविवाह रोकिएको छ। सिबिन बाल हेल्पलाइनका अनुसार हेटौँडा उपमहानगरपालिकामा छ, बकैयामा तीन, मकवानपुरगढीमा तीन मनहरिमा दुई र भीमफेदीमा एक गरी कूल १५ बालविवाह रोकिएको छ। 

स्थानीय प्रहरी प्रशासन, अधिकारकर्मी, जनप्रतिनिधि तथा समाजसेवीको सहयोगमा ती बालविवाह रोकिएको हेल्पलाइनका सम्झना अधिकारीले बताए। उनले विगत छ महिनामा जिल्लाका विभिन्न स्थानका ५० बालविवाह रोकिएको र आगामी दिनमा पनि यस अभियानलाई प्रभावकारीरूपमा लैजाने बताए। 

स्थानीय प्रशासनले समेत बालविवाह रोक्न सबैलाई आग्रह गरेको छ। 

प्रकाशित मिति: १४:०९ बजे, बिहीबार, असार ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्