Kathmandu Press

आज बैतडीका थप २५ जनामा कोरोना संक्रमण पुष्टि

बैतडी, असार ४ : आज बैतडीका २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वाबको नमुना पठाएकामध्ये २५ जनामा संक्रमण पुष्टि भएको जानकारी आएको जिल्ला स्व....

आज बैतडीका थप २५ जनामा कोरोना संक्रमण पुष्टि

बैतडी, असार ४ : आज बैतडीका २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वाबको नमुना पठाएकामध्ये २५ जनामा संक्रमण पुष्टि भएको जानकारी आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्य कार्यालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो। आरडीटी पोजिटिभ देखिएकाहरुमो नमुना पठाएको र उनीहरुमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

बिहीबार थपिएका संक्रमितमध्ये दशरथचन्द नगरपालिकामा १०, सिगास गाउँपालिकामा ६, पञ्चेश्वर गाउँपालिकामा चार, सुर्नया गाउँपालिकामा तीन र पाटन नगरपालिकामा दुई जना रहेका छन्। जसमध्ये दुई महिला र २३ पुरुष रहेको उनले बताए।

उनीहरु सबै भारतबाट आएका हुन्। सबै क्वारेन्टाइनमै रहेको जनाएको छ। यसअघि बैतडीमा २७ जनामा कोरोना संक्रमण देखिएको थियो। योसँगै बैतडीमा संक्रमितको संख्या ५२ पुगेको छ।

 

प्रकाशित मिति: १३:५९ बजे, बिहीबार, असार ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्