Kathmandu Press

कपिल शर्माको सोमा दर्शक नराखिने, पहिलो सोमा आउँदै सोनु

काठमाडौं, असार ४ : लकडाउनका कारण रोकिएको द कपिल शर्मा सो अर्को साताबाट फेरि सुरु हुने भएको छ। यस पटक भने सोमा दर्शक हुनेछैनन्।

महाराष्ट्र सर....

कपिल शर्माको सोमा दर्शक नराखिने, पहिलो सोमा आउँदै सोनु

काठमाडौं, असार ४ : लकडाउनका कारण रोकिएको द कपिल शर्मा सो अर्को साताबाट फेरि सुरु हुने भएको छ। यस पटक भने सोमा दर्शक हुनेछैनन्।

महाराष्ट्र सरकारले जुन २४ अर्थात असार ९ गतेदेखि फिल्म सिटीमा छायांकन सुरु गर्न दिने भएको छ। कपिल शर्माको सो पनि फिल्मी सिटीमै छायांकन हुने गरेको छ।

अर्को हप्तादेखि नै द कपिल शर्मा सो छायांकनको तयारी थालिएको छ। पहिलो सोमा बलिउड अभिनेता सोनु सूद आउने जनाएको छ।

विशेष गरेको उनको सोमबा फिल्म प्रमोसनका लागि अभिनेता तथा अभिनेती आउने गरेका छन्। फिल्म छायांकन रोकिएकाले उनीहरु आउने छैनन्।

यस पटक भने कोरोनासँग लडिरहेका व्यक्तिहरु तथा अन्य चर्चित व्यक्तिलाई सोमा ल्याउने तयारी गरिएको छ। जसमा पहिलो सोमा सोनु आउन लागेका छन्।

अहिले महाराष्ट्रमा कोरोना भाइरसको महामारी फैलिइरहेको छ। जसले गर्दा महाराष्ट्र सरकारले ३३ प्रतिशत क्रु राखेरमात्र काम गर्न अनुमति दिएको छ। त्यस्तै, भीडभाड पनि गर्न पाइने छैन। त्यसैले द कपिल शर्मा सोमा पनि दर्शक हुनेछैनन्।

द कपिल शर्मा सोका सबै सदस्य छायांकनका लागि तयार रहेको जनाएको छ। पहिलो सोमै सबै सदस्य हुनेछन्।

 

प्रकाशित मिति: १३:२८ बजे, बिहीबार, असार ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्