सुजीव शाक्यको ‘अर्थात परिवर्तन’ पुस्तक सुरुआतमै इ–बुकमा आउँदै
काठमाडौं, असार ४ : लेखक सुजीव शाक्यको नयाँ पुस्तक ‘अर्थात परिवर्तन’ सुरुआतमै इ–बुकमा आउने भएको छ।
नेपालले शाक्यको पुस्तकला....

काठमाडौं, असार ४ : लेखक सुजीव शाक्यको नयाँ पुस्तक ‘अर्थात परिवर्तन’ सुरुआतमै इ–बुकमा आउने भएको छ।
नेपालले शाक्यको पुस्तकलाई इ–बुकमार्फत सार्वजनिक गर्न लागेको जनाएको छ। यो पुस्तक ‘थुप्रै’ अनलाइनमार्फत इ–बुकमा आउन लागेको नेपालयका किरण कृष्ण श्रेष्ठले बताए।
यस अघि पनि इ–बुकमा ल्याउन खोजेपनि प्राविधिक कमजोरीले गर्दा नसकिएको उनले बताए। ‘माहामारीबीच आइपरेको लकडाउनको दौरान इन्टरनेटमार्फत पुस्तकको अर्डर लिएर घर दैलोमा पुर्याउने सेवा दिंदै आएको बिक्रेता मध्धेको थुप्रैले इ(बुकुको नयाँ अवधारणासहितको समाधान लिएर आयो र हामी यससँग सन्तुष्ट भयौं,’ श्रेष्ठले भने।
लकडाउनबीच करिब एक महिनामै नेपालयका हजारभन्दा बढी प्रति पुस्तकको इ(बुक प्रति पाठकले किनेको उनले बताए। यहि उत्साजनक नतिजाले नेपालयको नयाँ प्रकाशनलाई सुरुआतमै इ(बुकमार्फत् सार्वजनिक गर्ने योजना बनाएको उनले बताए।
लेखक शाक्यका यसअघि अर्थतन्त्रमा आधारित नेपाली पुस्तक, ‘अर्थात् अर्थतन्त्र’ नेपालयले नै प्रकाशन गरेको थियो। त्यस्तै, उनका ‘अनलिसिङ नेपाल’ र ‘अनलिसिङ द बज्र’ पेंगविन प्रकाशनबाट प्रकाशित भएका छन्।
नयाँ पुस्तक इ–बुकमार्फत आउन लागेकोमा लेखक शाक्यले खुशी जनाएका छन्। ‘मेरो नयाँ पुस्तक इ(बुकमार्फत् नेपाली पुस्तक बजारमा आउन लागेको कुराले म उत्साहित छु,’ लेखक शाक्यले भने, 'मेरो पुस्तकको शीर्षकमै परिवर्तन अंकित छ, पुस्तक बजार पनि परिवर्तनतर्फ अग्रसर छ। पुस्तक बजारका निम्ति यो एउटा नयाँ आरम्भ हो। इ-बुकको बिस्तारमार्फत् नेपाली पुस्तक बजारले नयाँ आयाम भेट्ने छ भन्ने कुरामा म आशावादी छु।’
यो पुस्तक सार्वजनिक भएपछि २५० रुपैयाँमा उपलब्ध हुनेछ।












