Kathmandu Press

संविधान संशोधन विधेयकमाथि राष्ट्रिय सभामा दफावार छलफल सुरु

काठमाडौं, असार ४ : प्रतिनिधिसभाले पारित गरेको संविधान संशोधन विधेयकमाथि राष्ट्रिय सभामा पनि दफावार छलफल सुरु भएको छ।

कानुनमन्त्री डा.शिवमाया....

संविधान संशोधन विधेयकमाथि राष्ट्रिय सभामा दफावार छलफल सुरु
फाइल फाेटाे

काठमाडौं, असार ४ : प्रतिनिधिसभाले पारित गरेको संविधान संशोधन विधेयकमाथि राष्ट्रिय सभामा पनि दफावार छलफल सुरु भएको छ।

कानुनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। त्यसपछि राष्ट्रिय सभामा विधेयकमाथि दफावार छलफल सुरु भएको छ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर सरकारले नयाँ नक्सा सार्वजनिक गरेको थियो। नयाँ नक्साअनुसार, निशान छाप परिमार्ज गर्न संविधान संशोधन विधेयक ल्याइएको हो।

यस अघि यो विधेयक प्रतिनिधिसभाबाट पारित भइसकेको छ। अब राष्ट्रिय सभाबाट पनि पारित भएपछि प्रमाणिकरण हुनेछ। त्यसपछि राष्ट्पितिबाट अनुमोदन भएसँगै लागू हुनेछ।

 

प्रकाशित मिति: १२:११ बजे, बिहीबार, असार ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्