Kathmandu Press

सात ठाउँमा पहिरो जाँदा कान्तिराजपथ अवरुद्ध

हेटौंडा, असार ४ : अविरल वर्षाले गर्दा हेटौँडादेखि ललितपुरको सात दोबाटो जोड्ने कान्तिराजपथको विभिन्न सात स्थानमा पहिरो गएको छ।

कान्तिराजपथको ....

सात ठाउँमा पहिरो जाँदा कान्तिराजपथ अवरुद्ध

हेटौंडा, असार ४ : अविरल वर्षाले गर्दा हेटौँडादेखि ललितपुरको सात दोबाटो जोड्ने कान्तिराजपथको विभिन्न सात स्थानमा पहिरो गएको छ।

कान्तिराजपथको घट्टेखोला, जितपुर भञ्ज्याङ र ठिंगनको विभिन्न स्थानमा पहिरो गएको हो। ठाउँठाउँमा पहिरो जाँदा हेटौँडा–ललितपुरको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पहिरो हटाउन डोजरसहित आवश्यक प्राविधिक पठाइएको मकवानपुका प्रजिअ दीपक नेपालले बताए। शुक्रबारसम्म यातायात सञ्चालन गर्नेगरि काम भइरहेको उनले बताए।

त्यस्तै, भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जोड्ने सडकअन्तर्गत पर्ने भीमफेदी गाउँपालिका–६ देउराली र चिसापानीगढीमा आज पहिरो जाँदा हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको छ।

भीमफेदी इलाका प्रहरी कार्यालयका अनुसार, भीमफेदी देउराली र चिसापानीगढीमा पहिरो गएको हो। पहिरो हटाउन डोजरसहित प्राविधिक पठाइसकेको भीमफेदी इलाका प्रहरी कार्यालका प्रहरी निरीक्षक रामबालक रायले बताए।

 

प्रकाशित मिति: ११:५३ बजे, बिहीबार, असार ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्