Kathmandu Press

हिमालपारि पनि पुग्यो कोरोना

मनाङ, असार ४ : हिमालपारिको जिल्लामा पहिलोपटक एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

मनाङको चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीम....

हिमालपारि पनि पुग्यो कोरोना

मनाङ, असार ४ : हिमालपारिको जिल्लामा पहिलोपटक एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

मनाङको चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको हो। उनी कपिलवस्तुको बाणगङ्गा–१४ का वासिन्दा हुन्।

उनी केही दिन अघि कपिलवस्तुबाट मनाङ फर्किएका थिए। उनलाई मनाङ प्रवेश गरेदेखि नै चामे गाउँपालिकाको क्वारेन्टिनमा राखिएको थियो।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बन्द्री आचार्यले बताए। जिल्लामा कोरोना देखिएसँगै उच्च सतर्कता अपनाउन थालिएको छ।

प्रकाशित मिति: ११:४० बजे, बिहीबार, असार ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्