एकै गाउँपालिकामा २७३ लाई कोरोना, गाउँपालिकानै सिल
महोत्तरी, असार ४ : महोत्तरीको सम्सी गाउँपालिका एकाएक कोरोना भाइरस संक्रमितको संख्या बढेको छ। अत्यधिक संक्रमित देखिएपछि गएराति १२ बजेदेखि गाउँपालिका नै....

महोत्तरी, असार ४ : महोत्तरीको सम्सी गाउँपालिका एकाएक कोरोना भाइरस संक्रमितको संख्या बढेको छ। अत्यधिक संक्रमित देखिएपछि गएराति १२ बजेदेखि गाउँपालिका नै सिल गरिएको छ।
सम्सी गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा रहेका दुई सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। एकै दिन यति ठूलो संख्यामा संक्रमित देखिएपछि गाउँपालिका नै सिल गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
बुधबार राति साढे १२ बजेदेखि शनिबार मध्यराति १२ बजेसम्मको लागि गाउँपालिका सिल गरिएको हो। स्थानीय वासिन्दालाई यताउता जान रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक विज्ञप्ति जारी गर्दै साम्सी गाउँपालिकामा ७२ घण्टासम्म अत्तिआवश्यक र आकस्मिकबाहेकका सबै थोक निषेध गरिएको जनाएको छ। क्वारेन्टाइनमा सयौं मानिस रहेकाले संक्रमित अझै थपिन सक्ने जनाएको छ।
योसँगै महोत्तरीमा अहिलेसम्म संक्रमितको संख्या पाँच सय आठ पुगेको छ।










-1792413548.jpeg)
