करुणा फाउन्डेसनलाई सानिमा बैंकको १० लाख सहयोग
काठमाडौं, असार ४ : सानिमा बैंक लिमिटेडले करुणा फाउन्डेसन नेपाललाई १० लाख रुपैयाँ सहयोग गरेको छ।
जन्मजात हुने अपांगता रोकथाम तथा अपांगता भएका....

काठमाडौं, असार ४ : सानिमा बैंक लिमिटेडले करुणा फाउन्डेसन नेपाललाई १० लाख रुपैयाँ सहयोग गरेको छ।
जन्मजात हुने अपांगता रोकथाम तथा अपांगता भएका व्यक्तिहरुलाई लक्षित ‘अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम’मार्फत अपांगता भएका व्यक्तिलाई सहयोग गर्नका लागि १० लाख रुपैयाँ प्रदान गरिएको हो। यसबाट अपांगता भएका व्यक्तिका लागि ह्वीलचेयर, श्रवणयन्त्रलगायतका सामान खरिद गरिेने जनाएको छ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फाउन्डेसनलाई सहयोग गरिएको सानिमा बैंकका निक्षेप व्यवस्थापन (रिटेल) प्रमुख विमल बास्तोलाले जनाएका छन्।
यो कार्यक्रम प्रदेश १ को सामाजिक विकास मन्त्रालय, स्थानीय तह र करुणा फाउन्डेसनको त्रिपक्षीय लागत तथा सञ्चालन साझेदारीमा सञ्चालन हुनेछ।
प्रदेश १ का १४ जिल्ला तथा एक सय ३७ स्थानीय तहमा करिब एक लाख अपांगता भएका व्यक्ति रहेका छन्। यो रकमबाट उनीहरुलाई सघाउन सहयोग पुग्ने फाउन्डेसनले जनाएको छ।











