पर्वतमा थपिए ५ जना कोरोना संक्रमित, गण्डकी प्रदेशमा संक्रमितको संख्या २९४ पुग्यो
काठमाडौं, असार ४ : गण्डकी प्रदेशको पर्वत जिल्लामा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनु....

काठमाडौं, असार ४ : गण्डकी प्रदेशको पर्वत जिल्लामा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार पर्वत जिल्लाका कुश्मा नगरपालिका एक जना महिला र एक पुरुष, फलेबास नगरपालिका २ जना पुरुष र मोदी गाउँपालिकामा १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
संक्रमित सबै हालसालै भारतबाट नेपाल फर्केका हुन् । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९४ पुगेको छ । यसअघि बिहिबार बिहान गण्डकी प्रदेशमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमितहरुलाई पर्बत जिल्लाको कुश्मा नगरपालिकामा रहेको कोरोना अस्पतालको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
प्रकाशित मिति: ०८:१५ बजे, बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1792413548.jpeg)
