Kathmandu Press

इंग्लिस प्रिमियर लिग : आर्सनलमाथी म्यानचेस्टर सिटीको शानदार जित

काठमाडौं, असार ४ :  इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ ।

कोरोना भाइरसको महामारीपछि सुरू भएको इंग्लिस....

इंग्लिस प्रिमियर लिग : आर्सनलमाथी म्यानचेस्टर सिटीको शानदार जित

काठमाडौं, असार ४ :  इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ ।

कोरोना भाइरसको महामारीपछि सुरू भएको इंग्लिस प्रिमियर लिग फुटबलमा बुधबार राति भएको खेलमा आर्सनललाई म्यानचेस्टर सिटीले ३–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता बनाएको थियो ।

इन्जुरी समयको दोस्रो मिनेटमा रहीम स्ट्रर्लिङ्गले गोल गरेर सुरुवाती अग्रता दिलाए । ५१ औँ मिनेटमा पाएको पेनाल्टीमा केविन ड्री ब्रुयनाले गोल गरेपछि सिटीले अग्रता दोब्बर पार्‍यो भने दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेट अर्थात ९१ औँ मिनेटमा फिल फोडिनले गोल गरेपछि सिटी ३–० ले विजयी भयो ।

जितसँगै दोस्रो स्थानको सिटीको २९ खेलबाट ६० अंक भएको छ भने आर्सनल ४० अंकसहित नवौँ स्थानमा छ ।

प्रकाशित मिति: ०७:३४ बजे, बिहीबार, असार ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्