Kathmandu Press

कैलालीमा कोरोना सङ्क्रमणबाट एकको मृत्यु

काठमाडौं, असार ४ : कैलालीमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।

शनिबार कोरोना पुष्टि भएका कैलाली, गोदावरी नगरपालिका –४ का ४६ व....

कैलालीमा कोरोना सङ्क्रमणबाट एकको मृत्यु

काठमाडौं, असार ४ : कैलालीमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।

शनिबार कोरोना पुष्टि भएका कैलाली, गोदावरी नगरपालिका –४ का ४६ वर्षीय सङ्क्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालले आइसियुमा राखेर उनको उपचार भइरहेको थियो।

बुधबार साँझ ७ बजेर ५२ मिनेटमा उपचारकै क्रममा उनको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए । 

 उनको गए रातिदेखि नै स्वास्थ्यावस्था बिग्रिएदेखि नै उपचारका लागि काठमाडौँ लैजान एयर एम्बुलेन्सका लागि पहल भए पनि उपलब्ध हुन सकेको  थिएन ।

प्रकाशित मिति: ०७:१८ बजे, बिहीबार, असार ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्