Kathmandu Press

२४ घण्टामा अमेरिकामा थपिए २५ हजार कोरोना संक्रमित

काठमाडौं, असार ४ : कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २२ लाख ३३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै २५ हजार ७८ ....

२४ घण्टामा अमेरिकामा थपिए २५ हजार कोरोना संक्रमित

काठमाडौं, असार ४ : कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २२ लाख ३३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै २५ हजार ७८ जना संक्रमित थपिएका छन् । विहिबार बिहानसम्म १ लाख १९ हजार ९३९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ८०७ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ९ लाख १२ हजार ४९६ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १२ लाख १ हजार ४३ जनामध्ये १६ हजार ६५६ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति: ०६:३६ बजे, बिहीबार, असार ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्