Kathmandu Press

आँधी तुफानको सिक्वेल बनाउँदै मौनता

काठमाडौं, २ असार : स्क्रिप्ट राइटर तथा निर्माता मौनता श्रेष्ठले फिल्म ‘आँधी तुफान’को सिक्वेल बनाउने भएका छन् । २०६१ सालमा महेन्द्र बुढाथोक....

आँधी तुफानको सिक्वेल बनाउँदै मौनता

काठमाडौं, २ असार : स्क्रिप्ट राइटर तथा निर्माता मौनता श्रेष्ठले फिल्म ‘आँधी तुफान’को सिक्वेल बनाउने भएका छन् । २०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा मौनताले नै ‘आँधी तुफन’ निर्माण गरेको हो। १७ वर्षपछि मौनताले ‘आँधी तुफान–२’ बनाउन लागेका हुन्।

निर्माता मौनता श्रेष्ठले ‘आँधी तुफान–२’ को स्क्रिप्ट लेखिसकेको बताएका छन्। उनले भदौबाट सुटिङ सुरु गर्ने तयारी गरिएको बताए। 

फिल्म भदौमा सुटिङ सुरु गर्ने बताइए पनि निर्देशक तथा कलाकार छनोट भइसकेको छैन। नारी प्रधान फिल्म आँधी तुफानमा पुजना प्रधान, ऋचा घिमीरे र रञ्जु लामिछाने मुख्य भूमिकामा थिए। 

‘आँधी तुफान–२’ पनि नारीकै कथा हुने निर्माता मौनता श्रेष्ठले बताएका छन्। ‘नेपाली समाजमा भइरहेको नारीमाथिकोे दमन, शोषण तथा अत्याचार विषय फिल्मको कथा हो,’ मौनता भन्छन, ‘फिल्मा केही नयाँ र केही अनुभवी कलाकारको अभिनय रहेन छ।’

प्रकाशित मिति: १५:५२ बजे, बुधबार, असार ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्