Kathmandu Press

सुशान्तले गरिब फ्यानकाे तर्फबाट बाढीपीडितलाई दिएका थिए एक करोड

काठमाडौं, असार ३ : बलिउड अभिनेता सुशान्तसिंह राजपूतको निधनपछि उनीसँग जोडिएका अनेक विषय बाहिर आइरहेका छन्। यस्तैमा अर्को विषयका आएको छ, उनले गरेको एक क....

सुशान्तले गरिब फ्यानकाे तर्फबाट बाढीपीडितलाई दिएका थिए एक करोड

काठमाडौं, असार ३ : बलिउड अभिनेता सुशान्तसिंह राजपूतको निधनपछि उनीसँग जोडिएका अनेक विषय बाहिर आइरहेका छन्। यस्तैमा अर्को विषयका आएको छ, उनले गरेको एक कराड दान।

दुई वर्ष अघि भारतको केरला राज्यमा बाढी आएको थियो। बाढीबाट लाखौं मानिस प्रभावित भएका थिए। कयौं मानिसलाई खानपिन गर्न पनि समस्या भएको थियो।

Hardik ivf

यस्तैमा केरलाका वासिन्दाका लागि भारतभरबाट सहयोग जुटाउन खोजिँदै थियो। त्यहिवेला सुशान्तका एक फ्यानले इन्स्टाग्राममा भनेका थिए, 'मसँग पैसा त छैन। खानेकुरा छ, त्यहि सहयोग गर्न चाहन्छु। कसरी गर्न सकिन्छ?'

त्यसले सुशान्तलाई झट्का लाग्यो। उनले आफ्ना फ्यानलाई भने, 'म तिम्रो तर्फबाट एक करोड सहयोग गर्छु।'

र, उनले केही समयपछि केरला राज्यलाई एक करोड भारतीय रुपैयाँ सहयोग गरे। त्यसको स्क्रिनसट सेयर गर्दै लेखेका थिए, 'मेरो मित्र, जस्तो तिमी चाहन्थ्यौं, मैले त्यस्तै गरेको छु। यो तिमीले यस्तो वेला गरेको हौं, जुन वेला धेरै जरुरत थियो। धेरै माया। माइ केरला।'

उनले सन् २०१८ मा तीन करोड ५० लाख भारतीय रुपैयाँ दान गरेका थिए। एक करोड भारतीय रुपैयाँ फ्यानको तर्फबाट तथा एक करोड २५ लाख भारतीय रुपैयाँ आफ्नोतर्फबाट केरलाका मुख्यमन्त्री पिनारायी विजयनलाई हस्तान्तरण गरेका थिए।

त्यस्तै, असम राज्यमा पनि बाढी आएको थियो। उनले असमका गभर्नर बीबी आचार्यलाई एक करोड २५ लाख भारतीय रुपैयाँ हस्तान्तरण गरेका थिए।

अहिले दुवै राज्यका वासिन्दा र राजनीतिज्ञले उनलाई सम्झिँदै सहयोग गरेको विषय सेयर गरिरहेका छन्। सुशान्तको केही दिन अघि निधन भएको थियो।

प्रकाशित मिति: १४:५० बजे, बुधबार, असार ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्