Kathmandu Press

बलिउड अभिनेता सुशांतकी प्रेमिकाको बयान लिदै प्रहरी

काठमाडौं, असार ३ : बलिउड अभिनेता सुशांतसिंह राजपूतको आत्महत्याले सबैलाई स्तब्ध बनाएको छ। अब भने आत्महत्या नियोजित ढंगले भएको हो कि भन्ने शंका पनि गर्न....

बलिउड अभिनेता सुशांतकी प्रेमिकाको बयान लिदै प्रहरी

काठमाडौं, असार ३ : बलिउड अभिनेता सुशांतसिंह राजपूतको आत्महत्याले सबैलाई स्तब्ध बनाएको छ। अब भने आत्महत्या नियोजित ढंगले भएको हो कि भन्ने शंका पनि गर्न थालिएको छ।

यसैलाई ध्यानमा राखेर मुम्बई प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिलेसम्म नौ जनासँग सोधपुछ गरेको छ। अब सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको पनि बयान लिन लागिएको जनाएको छ।

Hardik ivf

उनले गरेको मिहिनेत र चर्चा अनुसार बलिउडले सम्मान नदिँदा पनि उनी डिप्रेसनमा गएको जनाएको छ। जसले गर्दा आत्महत्या गरेको हुन् भन्ने अड्कल पनि गर्न थालिएको छ।

अहिलेसम्म मुम्बई प्रहरीले सुशान्तको घरमा बस्दै आएका क्रियटिभ म्यानेजर सिद्धार्थ पीठानी, उनका महेश शेट्टी, उनका दुवै बहिनी, घरको रेखदेख गर्दै आएका दिपेश सावंत, भान्से र उनका बुवा केके सिंहलगायतका व्यक्तिसँग सोधपुछ गरेको छ। प्रहरीले उनकी प्रेमिकासँग पनि बयान लिन लागेको हो।

मंगलबार प्रहरी टोलीले उनको घरबाट केही कागजात, ल्यापटप, मोबाइल तथा निजी चिकित्सकको फाइससमेत जाँचबुझको लागि लगेको छ। उनका आत्महत्या लगतै सबैतर्फबाट आलोचानात्मक दबाव आउन थालेपछि प्रहरीले छानबिनको दायरा अघि बढाएको जनाएको छ।

 

प्रकाशित मिति: १२:३६ बजे, बुधबार, असार ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्