मेस्सीको गोलमा बार्सिलोनाले लेगानेसलाई हरायो
काठमाडौं, असार ३ : स्पेनिस ला लिगामा बार्सिलोनाले लेगानेसलाई २-० ले हराएको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेगानेसलाई २-० ....

काठमाडौं, असार ३ : स्पेनिस ला लिगामा बार्सिलोनाले लेगानेसलाई २-० ले हराएको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेगानेसलाई २-० गोल अन्तरले हराएको हो ।
खेलको ४१ औं मिनेटमा अन्सु फातीको गोलमा अग्रता लिएको बार्सिलोनाले ६८औँ मिनेटपछि अग्रता दोब्बर पार्यो। लेगानेसका डिफेन्डरले मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पाएको पेनाल्टीलाई मेस्सीले गोलमा परिणत गरेका थिए ।
त्यसअघि ६४ औं मिनेटमा एन्टोइन ग्रिजमनले नेल्सन सेमेडोको क्रसमा गोल गरे पनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै गोललाई मान्यता दिएनन् । जीत सँगै बार्सिलोनाले शीर्ष स्थानमा ५ अंकको अग्रता लिएको छ ।
२९ खेलबाट बार्सिलोनाले ६४ अंक बनाउँदा दोस्रो स्थानको रियल म्याड्रिडले २८ खेलमा ५९ अंक बनाएको छ ।











