Kathmandu Press

कोभिड-१९ सङ्कटले विश्वको गरिब जनसंख्या १ अर्बभन्दा धेरै पुर्‍याउने

कोरोनाभाइरस महाव्याधिले अर्थतन्त्रमा पारेको प्रभावका कारण थप साढे ३९ करोड जनसंख्यालाई चरम गरिबीमा धकेल्ने अनुसन्धानमा देखिएको छ। विश्वभरि दैनिक दुई अमेरिकी डलरभन्दा थो....

कोभिड-१९ सङ्कटले विश्वको गरिब जनसंख्या १ अर्बभन्दा धेरै पुर्‍याउने

कोरोनाभाइरस महाव्याधिले अर्थतन्त्रमा पारेको प्रभावका कारण थप साढे ३९ करोड जनसंख्यालाई चरम गरिबीमा धकेल्ने अनुसन्धानमा देखिएको छ। विश्वभरि दैनिक दुई अमेरिकी डलरभन्दा थोरैमा गुजारा चलाउनेको जनसंख्या एक अर्बभन्दा धेरै हुने अनुसन्धाताले जनाएका छन्।

युनाइटेड नेसन्स युनिभर्सिटीको युएनयु वाइडरले हालै प्रकाशन गरेको प्रतिवेदनमा दैनिक १.९० डलरभन्दा थोरै जीविकालाई चरम गरिबी र साढे पाँच डलरभन्दा कमलाई उच्च गरिबी भनेर वर्गीकरण गरिएको छ। प्रतिवेदना विश्व बैंकको गरिबी रेखालाई पनि ध्यानमा राखिएको छ।

Hardik ivf

प्रति व्यक्ति आय वा खपत २० प्रतिशतले खुम्चिदाँ चरम गरिबी जनसंख्या बढेर १.१२ अर्ब पुग्ने अनुमान गरिएको छ। त्यसैगरि त्यहि अनुपातमा उच्च मध्यम आय भएका देशमा साढे पाँच डलरभन्दा थोरैमा जीविका चलाउने जनसंख्या ३।७ अर्ब पुग्ने देखिन्छ। अर्थात् विश्वको आधा जनसंख्या गरिबीको रेखामुनि हुनेछन्।

“विपन्न वर्गको दैनिक आयमा भइरहेको घाटा पूरा गर्नलाई सरकारले चाँडै र धेरै काम नगरे विश्वका विपन्नको अवस्था दयनीय हुनेछ,” प्रतिवेदनका एक लेखक एन्डी सम्नरले भने।

“नभए गरिबी न्युनिकरण २० देखि ३० वर्षले पछि धकेलिनेछ। संयुक्त राष्ट्र संघको गरिबी उन्मूलन गर्ने लक्ष्य सपना बन्नेछ।”

किङ्स कलेज लन्डन र अष्ट्रेलियन नेसनल युनिभर्सिटीका अनुसन्धाताले भौगोलिक वितरणमा गरिबी परिवर्तन हुने पत्ता लगाएका छन्। दक्षिण एसिया चरम गरिबीमा धकेलिने जोखिम धेरै छ। यसमा भारत सबैभन्दा अघि हुनसक्छ। त्यसपछि सब सहारन अफ्रिकामा एक तिहाइ चरम गरिबी हुनेछ।

महाव्याधिले सातदेखि दश करोड जनसंख्या चरम गरिबीमा धकेलिने विश्व बैंकको अनुमान छ।
 

प्रकाशित मिति: ०६:४४ बजे, बुधबार, असार ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्