Kathmandu Press

बाफ्टा अवार्ड पनि दुई महिना पछाडि सारियो

काठमाडौं, असार २ : कोरोना भाइरसको महामारीका कारण मनोरञ्जन क्षेत्रका थुप्रै अवार्ड सारिएका छन्। अब ब्रिटिस एकेडेमी फिल्म अवार्ड (बाफ्टा) पनि दुई महिना ....

बाफ्टा अवार्ड पनि दुई महिना पछाडि सारियो

काठमाडौं, असार २ : कोरोना भाइरसको महामारीका कारण मनोरञ्जन क्षेत्रका थुप्रै अवार्ड सारिएका छन्। अब ब्रिटिस एकेडेमी फिल्म अवार्ड (बाफ्टा) पनि दुई महिना पछाडि धकेलिएको छ।

यो अवार्ड सन् २०२१ को फेब्रुअरीमा हुने तय गरिएको थियो। अब दुई महिना पछाडि सारिएको जनाएको छ।

Hardik ivf

ब्रिटिस फिल्म एकेडेमीले बाफ्टा अवार्ड अप्रिल ११ मा हुने जनाएको छ। यसबारे थप जानकारी भने पछि जानकारी दिइने जनाएको छ। अहिले गत वर्षको अवार्ड समारोहको समीक्षा हुँदै छ। त्यसपछि थप जानकारी सार्वजनिक गरिनेछ।

यस्तै, आगामी फेब्रुअरीमा हुने तय गरिएको अस्कर अवार्ड समारोह पनि अप्रिलसम्म स्थगित गरिएको छ। अवार्डको नयाँ मिति २५ अप्रिलका लागि तय गरिएको छ।

अस्कर अवार्डका लागि २८ फेब्रुअरीसम्म सहभागिताका लागि फिल्म दर्ता गराउने समय दिइएको छ। बाफ्टा अवार्डका लागि भने जानकारी दिइएको छैन।

 

प्रकाशित मिति: १६:०९ बजे, मंगलबार, असार २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्