डिजिटल प्लेटफर्ममार्फत ‘परिस्थिति’ फिल्म सार्वजनिक
काठमाडौं, असार २ : कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न जारी लकडाउनका कारण अहिले धेरै फिल्महरु डिजिटल प्लेटफर्ममार्फत रिलिज भइरहेको छ। यसै क्रममा....

काठमाडौं, असार २ : कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न जारी लकडाउनका कारण अहिले धेरै फिल्महरु डिजिटल प्लेटफर्ममार्फत रिलिज भइरहेको छ। यसै क्रममा छोटो फिल्म ‘परिस्थिति’ पनि सार्वजनिक भएको छ।
डी गुरुङले निर्देशन रहेको उक्त फिल्ममा राजकुमार श्रेष्ठले छायाँकन गरेका छन् । क्रिएटिभ एड्भाइजर देवराज मानन्धर र रंजित गुप्ता रहेका छन्। फिल्म लेखन भने मनिष गौतमले गरेका छन्। उक्त फिल्मलाई ज्ञान धन र जेनरस गुरुङले निर्माण गरेका हुन्।
समसामयिक परिस्थितिमा कसरी मानिस बाधिन पुग्छ भन्ने यर्थाथ भावलाई फिल्मको कथाबस्तुले देखाउन खोजेको छ।
फिल्ममा सन्जोग रसाइली, आकांक्षा तामाङ, मनिष गौतम, आर सी रिमाल र देवराज भण्डारीलगायत कलाकारको अभिनय रहेको छ।












