Kathmandu Press

दूधको मूल्यमा प्रतिलिटर २० रुपैयाँले वृद्धि

बागलुङ, असार २ : बागलुङमा दूधको मूल्य वृद्धि भएको छ। बागलुङ दुग्ध व्यवसायी संघले सोमबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर २० रुपैयाँका दरले वृ....

दूधको मूल्यमा प्रतिलिटर २० रुपैयाँले वृद्धि

बागलुङ, असार २ : बागलुङमा दूधको मूल्य वृद्धि भएको छ। बागलुङ दुग्ध व्यवसायी संघले सोमबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर २० रुपैयाँका दरले वृद्धि गरेको छ। यसअघि दुधको मूल्य ८० प्रतिलिटर खुद्रा मूल्य रहेकामा मूल्यवृद्धि भएसँगै प्रतिलिटर १०० रुपैयाँ पर्ने भएको छ।  

संघले दूधको मूल्यवृद्धिसँगै दुग्धजन्य पदार्थको समेत मूल्य समायोजन गरेको बागलुङ दुग्ध व्यवसायी संघका अध्यक्ष कुमारविक्रम क्षेत्रीले जानकारी दिए। वर्तमान समयमा पशु आहार तथा पशुपालन व्यवसायमा संलग्न सामग्रीको मूल्यमा भएको वृद्धि तथा नेपाल सरकारको दूधमा गरेको मूल्य समायोजनअनुसार बागलुङमासमेत दूध तथा दूधजन्य पदार्थको मूल्यमा वृद्धि गरिएको क्षत्रीको भनाइ छ। विसं २०७२ चैत १ गतेपछि दूधजन्य पदार्थमा कुनै पनि मूल्य समायोजन नभएको भन्दै मूल्यवृद्धि गरिएको हो। 

यही असार १ गतेदेखि लागू हुने गरी दूध प्रतिलिटर १०० रुपैयाँ, दही प्रतिलिटर १२० रुपैयाँ, पनिर ८०० रुपैयाँ, घ्यू प्रतिकेजी एक हजार ३०० रुपैयाँ,  खुवा प्रतिकेजी एक हजार २०० रुपैयाँ, छुर्पी एक हजार रुपैयाँ, लस्सी २०० मिलीलिटर ५० रुपैयाँ, आइक्रिम प्रतिकोन ४० र नौनी एक हजार रुपैयाँ कायम गरिएको छ। 

“लामो समयदेखि मूल्यवृद्धि हुन नस्कनु र किसानलाई दूध उत्पादनमा लागत बढ्दै जाँदा दूधको मूल्यमा वृद्धि गर्न परेको हो”, अध्यक्ष क्षेत्रीले भने, “किसानलाई मर्का पर्ने अवस्था आएपछि लामो समयपछि दूध तथा दूधजन्य पदार्थको मूल्यवृद्धि भएको हो।” दूग्ध व्यवसायी मर्कामा परेको गुनासो आएपछि सरोकारवालासँगको छलफलका आधारमा नै मूल्य समायोजन गरेको दुग्ध व्यवसायी संघका सचिव मुक्तिराम आचार्यले जानकारी दिए। एकैपटक दूध प्रतिलिटर २० रुपैयाँ मूल्यवृद्धि गर्दा समस्या हुने उपभोक्ताले गुनासो गरेका छन्।  

प्रकाशित मिति: १२:४१ बजे, मंगलबार, असार २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्