Kathmandu Press

सुशान्तको मृत्युको शोकमा भाइबुहारीको पनि ज्यान गयो

काठमाडौं, असार २ : बलिउड स्टार सुशान्तसिंह राजपूतको परिवारमा शोकमाथि शोक थपिएको छ। उनकी भाइबुहारी सुदा देनीको पनि ज्यान गएको छ।

सुशान्तको मु....

सुशान्तको मृत्युको शोकमा भाइबुहारीको पनि ज्यान गयो

काठमाडौं, असार २ : बलिउड स्टार सुशान्तसिंह राजपूतको परिवारमा शोकमाथि शोक थपिएको छ। उनकी भाइबुहारी सुदा देनीको पनि ज्यान गएको छ।

सुशान्तको मुम्बईमा अन्तिम संस्कार गरिसकेपछि उनकी भाइबुहारीको मृत्यु भएको भारतीय सञ्चारमाध्मले जनाएका छन्। उनको बिहारको पुर्निया गाउँमै मृत्यु भएको हो।

Hardik ivf

सुशान्तले आत्महत्या गरेको खबर आएसँगै उनका परिवारजन शोकमा डुबेका थिए। उनकी भाइबुहारीले खानपिन छोडेकी थिइन्। उनी त्यो खबर सुन्ने वितिक्कै मुर्छा परेकी थिइन्।

होसमा आएपनि घरीघरी मुर्छा पर्ने गरेकी थिइन्। उनले आफूलाई सम्हालिन सकेकी थिइनन्। उनको सोमबार राति मृत्यु भएको जनाएको छ।

३४ वर्षीय सुशान्तको तीन दिन अघि मृत्यु भएको थियो। उनी मुम्बईस्थित आफ्नै कोठामा मृत भेटिएका थिए।

प्रकाशित मिति: ११:४४ बजे, मंगलबार, असार २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्