दिनेशको नयाँ नेपाल सार्वजनिक
काठमाडौं, असार १ : दिनेश गुरुङले नयाँ नेपाल गीत सार्वजनिक गरेका छन्। उनले गीतमार्फत युवाहरूको चाहना नयाँ नेपाल र नयाँ युग भएको भन्दै सबैलाई नयाँ नेपाल....

काठमाडौं, असार १ : दिनेश गुरुङले नयाँ नेपाल गीत सार्वजनिक गरेका छन्। उनले गीतमार्फत युवाहरूको चाहना नयाँ नेपाल र नयाँ युग भएको भन्दै सबैलाई नयाँ नेपाल निर्माणमा जुट्न आग्रहसमेत गरेका छन्।
सगरमाथा शिर रहेको नेपाल विश्वसामु अटल रहोस् भनेर कामना गरिएको गीतमा उनले हिमाल–तराई, मेची–काली सबैतिरका नेपालीको आवाज एउटै हुनुपर्ने बताएका छन्।
त्यस्तै गीतमा उनले स्वर्गजस्तो नेपालमा सयौँ जाति, भाषा, धर्मका समुदायले सधैँ फल्ने तथा फुल्ने मौका पाउन् भन्ने चाहना राखेका छन्। देशको मुहार फेरियोस्, समुन्नतिको बाटोमा अघि बढोस् भन्दै दिनेशले देशको जय जय गानसमेत गरेका छन्।
कुसुम गुरुङको युट्यब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा दिनेशकै स्वर, शब्द र संगीत पनि रहेको छ।












