काठमाडौंमा थपिए पाँच नयाँ संक्रमित
काठमाडौं, असार १ : सोमबार काठमाडाैं र ललितपुरका गरी पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार....

काठमाडौं, असार १ : सोमबार काठमाडाैं र ललितपुरका गरी पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला र ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।
उनीहरु कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन।
प्रवक्ता जागेश्वर गौतमका अनुसार धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ पुरूष, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ पुरूष, पाटन स्वास्थ विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरकी १ महिला र काठमाडौंका २ महिलामा कोरोना पोजेटिभ देखिएको हो।
प्रकाशित मिति: १८:०८ बजे, सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











