Kathmandu Press

चार्टर्ड उडानको तालिका र भाडादर सार्वजनिक

काठमाडौं, असार १ : विदेशमा अलपत्र नेपाली फर्काउन हिमालय एयरलाइन्सले उद्धार चार्टर्ड उडानको तालिका र भाडादर सार्वजनिक गरेको छ। नेपालबाट अन्तरराष्ट्रिय ....

चार्टर्ड उडानको तालिका र भाडादर सार्वजनिक

काठमाडौं, असार १ : विदेशमा अलपत्र नेपाली फर्काउन हिमालय एयरलाइन्सले उद्धार चार्टर्ड उडानको तालिका र भाडादर सार्वजनिक गरेको छ। नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले जुन १६ देखि २० सम्म विदेशमा अलपत्र नेपाली फर्काउन गरिने चार्टर्ड उडानको तालिका सार्वजनिक गरेको हो। 

हिमालयले सार्वजनिक गरेको उडान तालिका अनुसार पहिलो उडान श्रीलंकाको कोलम्बो र माल्दिभ्सको मालेबाट हुनेछ। यो गन्तब्यमा पहिलो उडानको ३८० डलर तोकिएको छ। कोलम्बोबाट हुने दोस्रो उडानको भाडा ४८० डलर निर्धारण गरिएको छ। 

त्यसैगरी बंगलादेशको ढाकाबाट उडान गर्नका लागि १६५ डलर निर्धारण गरिएको छ। युएईको आबुधावीको भाडा ३६५ डलर तोकिएको छ। त्यस्तै साउदी अरेबियाको दमममाबाट ४६५ डलर तोकिएको छ। सिङ्गापुर र मलेसियाको क्वालालम्पुरका लागि ३७२ डलर भाडादर कायम गरिएको हिमालयले विज्ञप्तिमार्फत जनाएको छ।

सरकारको निर्णयअनुसार कोभिड–१९ महामारीबाट विभिन्न मुलुकमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने अनुमतिअनुरुप उडान तालिका बनाइएको हिमालयले जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो। त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ। नेपाल एयरलाइन्सको वाइड बडी जहाजले आइतबार बंगलादेशबाट २५८ नेपालीको उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्काएको थियो।

प्रकाशित मिति: १७:४७ बजे, सोमबार, असार १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्