Kathmandu Press

गृहमन्त्रालयले भन्यो– रुकुम पश्चिम घटनामा ढुंगामुडा गरेर ६ जनाको ज्यान लिइयो

काठमाडौं, असार १ : गृहमन्त्रालयले ६ जनाको ज्यान गएको रुकुम पश्चिमको चौरजहारी–८ सोती घटना जनघन्य अपराध भएको जनाएको छ। सह–प्रवक्ता उमाकान्त ....

गृहमन्त्रालयले भन्यो– रुकुम पश्चिम घटनामा ढुंगामुडा गरेर ६ जनाको ज्यान लिइयो

काठमाडौं, असार १ : गृहमन्त्रालयले ६ जनाको ज्यान गएको रुकुम पश्चिमको चौरजहारी–८ सोती घटना जनघन्य अपराध भएको जनाएको छ। सह–प्रवक्ता उमाकान्त अधिकारीले गृहमन्त्रालयले गठन गरेको छानविन समितिले घटनाका सम्बन्धमा वितृत छाविन गरी कानून बमोजिम कारबाहीका लागि सिफारिस गरिरहेको जनाएका छन्।
 
अधिकारीले जारी गरेको विज्ञप्तीमा नवराज विक सहितका युवाहरुलाई गाँउका मानिसहरु भेला भएर करिब ४ किलोमिटर ढाटा गइसकेको अवस्थामा पिछा गर्दै, लखेट्दै ढुंगा, मुढा प्रहार गरी ६ जनाको ज्यान लिनेसम्मको परिस्थिती सिर्जना भएको उल्लेख छ। यस्तै गृहमन्त्रालयले रुकुम पश्चिम घटनालाई जघन्य अपराधिक घटना भएको भन्दै गृहले विस्तृत छानविन र अनुसन्धान पछि कानून बमोजिम क्षेत्राधिकार प्राप्त अदालतमा अभियोजन समेत भइसकेको र दोषि माथि कानून बमोजिम कारबाही गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ।


 

प्रकाशित मिति: १७:०१ बजे, सोमबार, असार १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्