Kathmandu Press

भारतबाट आएर सुर्खेतको क्वारेन्टाइनमा बसेका पुरुषको मृत्यु

काठमाडाैं, असार १  : कर्णाली प्रदेशमा क्वारेन्टाइनमा रहेका एक पुरुषको मृत्यु भएको छ। सुर्खेतको गुर्भाकोट नगरपालिका ७ स्थित सिलवानीमा रह....

भारतबाट आएर सुर्खेतको क्वारेन्टाइनमा बसेका पुरुषको मृत्यु

काठमाडाैं, असार १  : कर्णाली प्रदेशमा क्वारेन्टाइनमा रहेका एक पुरुषको मृत्यु भएको छ। सुर्खेतको गुर्भाकोट नगरपालिका ७ स्थित सिलवानीमा रहेको क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु भएको हो। 

उनी १३ दिनअघि भारतबाट गुर्भाकोट आएका थिए। क्षयरोगका बिरामी रहेका पुरुष छाती दुख्यो भनेर खाना खाएर सुतेको अवस्थामै मृत्यु भएको गुर्भाकोटका मेयर हस्त पुनले बताए।

उनको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको छ।

प्रकाशित मिति: १६:१२ बजे, सोमबार, असार १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्