प्रदेश २ मा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार १ : प्रदेश २ मा पछिल्लो २४ घण्टामा १७१ जनामा कोरानाको संक्रमण पुष्टि भएको छ।
सोमबार जनकपुरस्थित प्रादेशिक अस्पतालको प्र....

काठमाडौं, असार १ : प्रदेश २ मा पछिल्लो २४ घण्टामा १७१ जनामा कोरानाको संक्रमण पुष्टि भएको छ।
सोमबार जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्ये १६६ पुरुष र पाँच महिला रहेका छन्।
संक्रमित हुनेमा सिरहाका ४, धनुषाका ४, महोमत्तरीका ३०, सर्लाहीका २३, रौतहटका ९८, बाराका २ र पर्साका १० जना रहेका छन्।
योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २२१३ पुगेको छ।
पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर १६ जना डिस्चार्ज भएका छन्।
योसहित प्रदेश २ बाट डिस्चार्ज हुनेको संख्या ४७८ पुगेको छ।
प्रकाशित मिति: १६:०९ बजे, सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











