Kathmandu Press

भारतीय कलाकार सुशान्तको हत्या भएको आशंका गर्दै परिवारद्धारा अनुसन्धान माग

पटना, असार १ : आइतबार आत्महत्या गरेका भनिएका भारतीय कलाकार सुशान्तसिंह राजपुतको हत्या गरिएको आशंका परिवारले गरेका छन्।

राजपुतको हत्या भएको भ....

भारतीय कलाकार सुशान्तको हत्या भएको आशंका गर्दै परिवारद्धारा अनुसन्धान माग

पटना, असार १ : आइतबार आत्महत्या गरेका भनिएका भारतीय कलाकार सुशान्तसिंह राजपुतको हत्या गरिएको आशंका परिवारले गरेका छन्।

राजपुतको हत्या भएको भन्दै उनको परिवारले घटनाबारे अनुसन्धान गर्न प्रहरीसमक्ष आग्रह गरेका छन्। 

राजपुत आइतबार मुम्बाई बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा  झुण्डिएको अवस्थामा भेटिएका थिए। प्रहरीले उनको आत्महत्या भएको बताएको थियो। 

तर राजपुतका मामा आरसी सिंहले सोमबार भनेका छन्– उनले आत्महत्या गरेको भन्ने बारेमा हाम्रो विश्वास छैन, हामी परिवारका सदस्यहरुले यसको विरोध गरेका छौं उनको हत्या भएको छ प्रहरीले राम्रोसँग अनुसन्धान गरोस्। 

बिहारका प्रहरी कमिसनर मनोज सिंहले घटनाको प्रकृति हेर्दा अहिलेसम्म आत्महत्या नै गरेको जस्तो देखिएको बताएका छन्। 

भारतीय चलचित्र क्षेत्रका नायक राजपुतका मामा तथा आफन्तहरुले उनले आत्महत्या गर्ने कुनै कारण नरहेको भनेका छन् भने प्रहरीले आत्महत्या गरेको बारेमा कुनै सुसाइड नोट पनि नभेटिएको बताएको छ। 

प्रकाशित मिति: १५:२१ बजे, सोमबार, असार १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्