Kathmandu Press

बेवारिसे काेराेना संक्रमित शवको पहिचान नखुल्दै अन्त्येष्टि

काठमाडौं, असार १ : वीरगञ्जको घण्टाघर अगाडिको वीपी उद्यान पार्कमा भेटिएको बेवारिसे शवको अन्त्येष्टि गरिएको छ। शुक्रबार कोरोना संक्रमण पुष्टि भएको ....

बेवारिसे काेराेना संक्रमित शवको पहिचान नखुल्दै अन्त्येष्टि

काठमाडौं, असार १ : वीरगञ्जको घण्टाघर अगाडिको वीपी उद्यान पार्कमा भेटिएको बेवारिसे शवको अन्त्येष्टि गरिएको छ। शुक्रबार कोरोना संक्रमण पुष्टि भएको शव शनिबार नेपाली सेनाको टोलीले अन्त्यष्टि गरेको हो।

जेठ २८ गते अन्दाजी २५ वर्षीय युवकको बेवारिसे शव फेला परेपछि प्रहरीले परीक्षणको लागि नारायणी अस्पताल पठाएको थियो। 

शव पोष्टमार्टम गर्ने क्रममा नारायणी अस्पतालका चिकित्सकले मृतकको स्वाब संकलन गरि परीक्षणको लागि पठाएका थिए।

उनको पहिचान भने खुल्न सकेको छैन। पहिचान नखुलेको कारण उनी कसरी कोरोना संक्रमित भए भन्ने पत्ता लागेको छैन।

सेनाले इनर्वामा लगेर महानगरपालिकाले दिएको स्थानमा प्रोटोकल अनुसार शवको अन्त्येष्टि गरिएको जनाएको छ। 

प्रकाशित मिति: १४:०६ बजे, सोमबार, असार १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्