Kathmandu Press

भारतमा पाँच महिनापछि कोरोना महामारी उत्कर्षमा पुग्ने

काठमाडौं, असार १ : भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको छ। अझै पाँच महीनापछि मात्रै महामारी उत्कर्षमा पुग्ने अध्ययनले देखाएको छ।

....
भारतमा पाँच महिनापछि कोरोना महामारी उत्कर्षमा पुग्ने
एजेन्सी

काठमाडौं, असार १ : भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको छ। अझै पाँच महीनापछि मात्रै महामारी उत्कर्षमा पुग्ने अध्ययनले देखाएको छ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)को सहयोगमा गरिएको अध्ययनले कोरोना महामारी उत्कर्षमा पुग्न अझै समय लाग्ने देखाएको हो। अहिले भारतमा कोरोना संक्रमितको संख्या तीन लाख ३२ हजार सात सय ७२ पुगेको छ। जसमध्ये नौ हजार पाँच सय २३ जनाको मृत्यु भएको छ।

गत २४ घन्टामा मात्रै भारतमा ११ हजार एक सय ५७ जनामा कोरोना देखिएको छ। केही सातायता दैनिक १० हजारको दरले संक्रमित थपिइरहेका छन्।

यहि गतिमा संक्रमण फैलिँदै जाँदा अबको पाँच महीनापछि अर्थात नोभेम्बरको मध्यतिर महामारी उत्कर्षमा पुग्ने जनाएको छ।

यो अध्ययन अपरेसन रिसर्ज ग्रुपले गरेको हो। अध्ययनअनुसार, लकडाउनले कोरोनाको संक्रमण झन्डै ६९ प्रतिशतले कमि आएको जनाएको छ। तर, लकडाउन खुलेसँगै संक्रमण बढ्न थालेको जनाएको छ।

लकडाउनमा कोरोना संक्रमण रोकथामका लागि पर्याप्त तयारी नगर्दा अहिले कोरोना फैलिइरहेको जनाएको छ। भारतीय मिडियाका अनुसार लकडाउन नगरिएको भए अहिलेसम्म भारतमा संक्रमितको संख्या पाँच लाख नाघ्ने अनुमान गरिएको छ। लकडाउनले ४० प्रतिशत संक्रमण फैलिनबाट जोगिएको जनाएको छ।

भारतमा कोरोना संक्रमण तीव्र भएसँगै नेपालमा पनि संक्रमितको संख्या बढिरहेको छ। भारतमा लकडाउन खुकुलो भएसँगै नेपाली नागरिक स्वदेश फर्किरहेका छन्। उनीहरुलाई व्यवस्थित रुपमा क्वारेन्टाइनमा राख्न नसक्दा संक्रमण फैलिदै गएको छ।

अहिले नेपालमा कोरोना संक्रमितको संख्या पाँच हजार सात सय ६० पुगेको छ। जसमध्ये १९ जनाको ज्यान गएको छ।

लकडाउन सुरु हुँदा नेपालमा संक्रमितको संख्या दुई मात्रै थियो। त्यतिवेला भारतमा करिब एक सय जनाको हाराहारीमा संक्रमित थिए।

भारतमा लकडाउन खुकुलो बनाउँदासम्म संक्रमितको संख्या डेढ लाखको हाराहारीमा रहेको थियो। अहिले तीन लाख ३२ हजार नाघेको छ।

भारतमा लकडाउन रहँदासम्म नेपालमा संक्रमितको संख्या एक हजार कटेको थिएन्। तर, भारतमा लकडाउन खुकुलो भएसँगै बढेर पाँच हजार सात सय नाघेको हो।

प्रकाशित मिति: १३:३५ बजे, सोमबार, असार १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्