ओमानबाट एक सय ६६ नेपाली स्वदेश आउँदै
काठमाडौं, असार १ : सोमबार ओमानबाट एक सय ६६ नेपाली स्वदेश फर्कने भएका छन्। ओमानस्थित नेपाली दूतावासले नेपालीहरु स्वादेश फर्कनको लागि ओमानको सलाम एयरको ....

काठमाडौं, असार १ : सोमबार ओमानबाट एक सय ६६ नेपाली स्वदेश फर्कने भएका छन्। ओमानस्थित नेपाली दूतावासले नेपालीहरु स्वादेश फर्कनको लागि ओमानको सलाम एयरको विमान चार्टन गरेको छ। उक्त चार्टड विमानमा एक शव पनि ल्याइदै छ।
सलाम एयर दिउँसो साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तालिका रहेको छ।
ओमानस्थित नेपाली दूतावासले पीसीआर परीक्षण गराएर रिपोर्ट नेगेटिभ देखिएका १८० नेपाली स्वादेश फर्कने उल्लेख गरेपनि एक सय ६६ जना मात्र आउने भएका छन्।
ओमानबाट सलाम एयरकै अर्को उडान १८ जुनमा नै हुने दूतावासले जनाएको छ।
प्रकाशित मिति: १३:१८ बजे, सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











