Kathmandu Press

लक्षण नदेखिएपछि सुदूरपश्चिमबाट २६ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं, असार १ : कोरोना भाइरसको लक्षण नदेखिएपछि  सुदूरपश्चिमका विभिन्न अस्पतालले २६ जनालाई परीक्षण बिना डिस्चार्ज गरेको छ। कोरोना संक्रमण पुष्ट....

लक्षण नदेखिएपछि सुदूरपश्चिमबाट २६ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं, असार १ : कोरोना भाइरसको लक्षण नदेखिएपछि  सुदूरपश्चिमका विभिन्न अस्पतालले २६ जनालाई परीक्षण बिना डिस्चार्ज गरेको छ। कोरोना संक्रमण पुष्टि भई आइसोलेसनमा बसेपनि स्वास्थ्यमा कुनै समस्या नदेखिएका २६ संक्रमितलाई डिस्चार्ज गरिएको हो।

सरकारले जारी गरेको नयाँ निर्देशिका अनुसार १४ दिन आइसोलेसनमा बिताएका संक्रमितलाई कुनै लक्षण नदेखिएपछि सात दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्न अनिवार्य गरी डिस्चार्ज गरिएको  प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

निर्देशनालयको अनुसार सेती प्रादेशिक अस्पतालबाट १५, महाकाली अस्पतालबाट चार, डोटी जिल्ला अस्पतालबाट दुई, डोटीको पूर्वीचौकी गाउँपालिकाबाट तीन र अछाम जिल्ला अस्पतालबाट दुईजना संक्रमितलाई आइतबार डिस्चार्ज गरिएको हो।

प्रकाशित मिति: १२:४० बजे, सोमबार, असार १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्