सुशान्तसिंह राजपूतको आज मुम्बईमा अन्त्यष्टि गरिँदै
काठमाडौं, असार १ : बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आज मुम्बईमै अन्त्यष्टि गरिन लागेको छ।
उनको परिवारका सदस्य पटनाबाट मुम्बई पुगेका छन्। स....

काठमाडौं, असार १ : बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आज मुम्बईमै अन्त्यष्टि गरिन लागेको छ।
उनको परिवारका सदस्य पटनाबाट मुम्बई पुगेका छन्। सुशान्तकी बहिनी र नातेदार गएराति नै मुम्बई पुगेका थिए।
उनका बुवा केके सिंह आज पटनाबाट आउन लागेको भारतीय मिडियाले जनाएको छ। उनी दिउसो २ बजे मुम्बई पुग्ने र साँझ अन्त्यष्टि गरिने जनाएको छ।
पटनामा सुशान्तको घरबाहिर भिड लागेको छ। उनका बुवालाई घरबाट निस्कन भीडलाई मुस्किलले यताउता गर्नुपरेको थियो। उनका बुवासँगै दाइ र भाउजु पनि मुम्बई आउन लागेका छन्।
बलिउड अभिनेता सुशान्तले आइतबार आत्महत्या गरेका थिए। उनी बस्दै आएको मुम्बईकै फ्लाटमा शव भेटिएको थियो।
प्रकाशित मिति: ११:१५ बजे, सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












