Kathmandu Press

तनहुँका ५ जनामा कोरोना संक्रमण, गण्डकी प्रदेशमा संक्रमितको संख्या २०४ पुग्यो 

काठमाडौं, असार १ : गण्डकी प्रदेशको तनहुँ जिल्लामा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुस....

तनहुँका ५ जनामा कोरोना संक्रमण, गण्डकी प्रदेशमा संक्रमितको संख्या २०४ पुग्यो 

काठमाडौं, असार १ : गण्डकी प्रदेशको तनहुँ जिल्लामा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको घिरिंङ गाउँपालिकाका २२ देखि ४६ वर्ष उमेर समुहका ५ जना पुरूषलाई क्वारेन्टाइनमै बसेको अवस्थामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित सबैलाई शुक्लागण्डकीस्थित जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसनमा राखिएको निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २०४ पुगेको छ ।
 
प्रकाशित मिति: ०६:५५ बजे, सोमबार, असार १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्