Kathmandu Press

स्पेनिस ला लिगामा इबरमाथि रियल मड्रिडको सहज जित 

काठमाडौं, असार १ : कोरोना भाइरसको महामारीपछि सुरु भएको ला लिगामा रियल मड्रिडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले एइबारमाथि ३–१ ....

स्पेनिस ला लिगामा इबरमाथि रियल मड्रिडको सहज जित 

काठमाडौं, असार १ : कोरोना भाइरसको महामारीपछि सुरु भएको ला लिगामा रियल मड्रिडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले एइबारमाथि ३–१ को जित निकालेको हो ।

घरेलु मैदान अल्फ्रेडो डे स्टेफानो रंगशालमा भएको खेलमा रियललाई जित दिलाउने क्रममा टोनी क्रुस, सर्जियो रामोस र मार्सेलोले गोल गरे भने एइबारका पोड्रो बिगासले गोल गरे ।

घरेलु मैदानमा रियलले तेस्रो मिनेटमै अग्रता लियो । तेस्रो मिनेटमा टोनी क्रुसले डिबक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । कान्टर अट्याकमा ३०औं मिनेटमा कप्तान सर्जियो रामोसले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । ३७औं मिनेटमा मार्सेलोले भली गोल गर्दै रियललाई ३–०को अग्रता दिलाए ।

६०औं मिनेटमा बिगासले गोल गरेका थिए । यसअघिका तीन प्रहारमा उत्कृष्ट बचाउ गरेका थिवो कुर्टुवा बिगासको प्रहारमा भने झुक्किन पुग्दा बलले पोस्टको दिसा लिएको थियो । त्यसपछि खेलमा कुनै गोल नहुँदा रियल ३–१ले विजयी भयो ।

जितपछि पनि रियल मड्रिड दोस्रो स्थानमै रह्यो । २८ खेलमा रियलको ५९ अंक छ भने शीर्ष स्थानको बार्सिलोनाको ६१ अंक छ । एइबार भने २६ अंकका साथ १६औं स्थानमा छ ।

प्रकाशित मिति: ०६:५० बजे, सोमबार, असार १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्