कोरोनाबाट बच्न ट्राफिक प्रहरीको विशेष अभियान
काठमाडौं जेठ ३२ : कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्येनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष अभियान थालेको छ।
महाशाखालगायत मातहत....

काठमाडौं जेठ ३२ : कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्येनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष अभियान थालेको छ।
महाशाखालगायत मातहतका ३४ वटा ट्राफिक कार्यालयबाट ट्राफिक प्रहरी परिचालन गरी कोरोनाबाट बच्न सजगता र सचेतनाको लागि प्लेकार्ड देखाउने विशेष अभियान आइतबारदेखि सुरु गरिएको हो।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार कोरोना भाइरसबाट सडक प्रयोगकर्ताहरूमा हुने जोखिमलाई मध्यनजर गरी उपत्यकाका मुख्य मुख्य चोक एवं भिडभाड हुने क्षेत्रमा सामाजिक दुरीको पालना गराउन तथा सवारी साधनहरुमा हुने भिडभाड कम गराउनका लागि प्लेकार्डसहितको ट्राफिक प्रहरी टोली खटाएको छ।
उनले भने, ‘प्लेकार्डमा सधैं मास्क लगाएर यात्रा गरौं, जोर विजोर नियम पालना गरौं, सवारी साधनमा सामाजिक दुरी कायम गरौं, जथाभावी हिडँडुल नगरौं र ट्राफिक नियमको पालना गरौं जस्ता कुराहरू लेखिएका छन्।’
महाशाखा तथा मातहतका ट्राफिक कार्यालयहरूवाट काठमाडौं उपत्यकाको ८२ स्थानमा २०० भन्दा बढी ट्राफिक प्रहरीहरू परिचालन गरिएको उनले बताए।











