Kathmandu Press

सांसद गौतमको प्रश्न : बजेटमा सपना बाँडेर जनतालाई ऋणमा फसाउने? 

काठमाडौं, जेठ ३२ : नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारले बजेटमा सपना बाँडेर नेपाली जनतालाई ऋणमा फसाउन खोजेको बताएका छन्। आइतबार प्रतिनिधीस....

सांसद गौतमको प्रश्न : बजेटमा सपना बाँडेर जनतालाई ऋणमा फसाउने? 

काठमाडौं, जेठ ३२ : नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारले बजेटमा सपना बाँडेर नेपाली जनतालाई ऋणमा फसाउन खोजेको बताएका छन्। आइतबार प्रतिनिधीसभा बैठकमा आर्थिक विधेयक माथिको छलफलका क्रममा सांसद गौतमले घाँटी हेरेर ऋण लिनुपर्ने बताएका हुन्।

‘चालू खर्च पनि बढाउँदै जाने  सपना अनि बाँड्दै जाने अनि नेपाली जनतालाई ऋणको भारमा फसाउँदै जाने ? अनि हाम्रो अर्थतन्त्र कहिले उक्सिन्छ? हामी अधिकांश मध्यम बर्गीय, निम्न बर्गीय परिवारबाट आएका छौं,’ उनले भने, ‘यस्तो असन्तुलित बजेट ल्याइएको छ। लामो समयदेखि अहिलेसम्म हामीसँग पाँच खर्ब ९१ अर्ब ऋण छ। अब एक वर्षमै दुई खर्ब ऋण लिने मनोविज्ञान डेभलप गरिरहेका छौं।’

उनले ऋण लिनु बहादुरी नहुने र  ऋण लिएरै मुलुकले उन्नती नगर्ने बताए। ‘हाम्रो राजस्व ८ खर्ब ८९ अर्बले चालू खर्च पनि थेग्न सक्दैन। हामी जति पुँजिगत खर्च गर्छौ ऋणमा मात्रै आश्रित भएर हामी लागेका छौं। विगतमा पनि हामीले सोचेको अनुदान प्राप्त गर्न सकेका छैनौं,’ उनले भने, ‘हाम्रो अर्थतन्त्र डामाडोल अवस्थामा छ। आज मुलुकमा चालू खर्च घटाएर विकास खर्चलाई म्यानेज गरेर मुलुकलाई स्थित बटोमा हिँडाउने हो। बजेटले सपना मात्रै बाँडेको छ। टावर बनाउने, ऋण लिने भन्दैछ। पानी जहाज पनि लिएर आउने भन्दैछ। यो ठिक होइन।’

प्रकाशित मिति: १५:२५ बजे, आइतबार, जेठ ३२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्