बलिउड अभिनेता सुशान्तसिंह राजपुतले गरे आत्महत्या
काठमाडौं, जेठ ३२ : बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन्।उनले बान्द्रास्थित मुम्बईको आफ्नै घरमा आइतबार आत्महत्या गरेको भारतीय सञ....

काठमाडौं, जेठ ३२ : बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन्।उनले बान्द्रास्थित मुम्बईको आफ्नै घरमा आइतबार आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उनको आत्हत्याको कारण भने खुल्न सकेको छैन्।
उनले हिन्दी टिभी सिरिएल 'किस देश में है मेरा दिल' बाट करियरको शुरुवात गरेका थिए।
उनले अमिर खानको चर्चित फिल्म पिकेमा भूमिका निभाएका थिए। उनले डिटेक्टिव ब्योमकेश बक्शी, एमएस धोनी द अनटोल्ड स्टोरी मा उनले मुख्य भूमिका निर्वाह गरेका थिए।
राजपुत लकडाउनको समयमा बान्द्रास्थित अपार्टमेन्टमा एक्लै बस्ने गर्थे। उनी डिप्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रकाशित मिति: १५:१७ बजे, आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












