Kathmandu Press

पर्साका थप १७ जनामा कोरोना संक्रमण

वीरगञ्ज, जेठ ३२ : पर्सामा थप १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा आइतबार थप १७ जनामा कोरोना संक्रमण....

पर्साका थप १७ जनामा कोरोना संक्रमण

वीरगञ्ज, जेठ ३२ : पर्सामा थप १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा आइतबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

भारतबाट आएर विभिन्न क्वारेन्टाइनमा बस्दै आएका मानिसहरुको जेठ २४ मा स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ। 

संक्रमितहरूलाई अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: १३:४५ बजे, आइतबार, जेठ ३२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्