Kathmandu Press

अमिताभ बच्चनले मध्यराति सम्झे ऋषि कपूर

काठमाडौं, जेठ ३२ : बलिउड अभिनेता अमिताभ बच्चनले गत महिना निधन भएका बलिउड अभिनेता ऋषि कपूरसँगको यादगार यात्रा स्मरण गरेका छन्।

उनले गएराति इन....

अमिताभ बच्चनले मध्यराति सम्झे ऋषि कपूर

काठमाडौं, जेठ ३२ : बलिउड अभिनेता अमिताभ बच्चनले गत महिना निधन भएका बलिउड अभिनेता ऋषि कपूरसँगको यादगार यात्रा स्मरण गरेका छन्।

उनले गएराति इन्स्टाग्राममा ऋषि कपूरसँगको फोटो सेयर गर्दै स्मरण गरेका हुन्। ऋषिको गत महिना निधन भएको थियो।

अमिताभले सेयर गरेको फोटोमा ऋषि घुँडाले टेकेर नृत्य गरिरहेको देखिएका छन्। उनको पछाडि अभिषेक बच्चन, करण जौहर र गणेश हेगडे पनि नृत्य गरिरहेको देखिएका छन्। अमिताभले ऋषि कपूरको प्रसंशा पनि गरेका छन्।

अमिताभले सेयर गरेको फोटो टिभी सो झलक दिखला जाको २०१५ हो। जहाँ ऋषि कपूर अभिनेता अभिषेक बच्चनसँग फिल्म आल इज वेलको प्रमोसन गर्न पुगेका थिए। त्यहि वेला उनले फिल्म ओम शान्ति ओमको गीतमा नृत्य गरेका थिए।

प्रकाशित मिति: १३:३८ बजे, आइतबार, जेठ ३२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्