Kathmandu Press

बलिउड अभिनेत्री जरिन खान फरक भूमिकामा देखिँदै

काठमाडौं, जेठ ३२ : बलिउड अभिनेत्री जरिन खान सिनेमा ‘हम भि अकेले तुम भि अकेले’मा फरक भूमिकामा देखिने भएकी छिन्।  

यस सिनेमा ....

बलिउड अभिनेत्री जरिन खान फरक भूमिकामा देखिँदै

काठमाडौं, जेठ ३२ : बलिउड अभिनेत्री जरिन खान सिनेमा ‘हम भि अकेले तुम भि अकेले’मा फरक भूमिकामा देखिने भएकी छिन्।  

यस सिनेमा उनी लेस्बियनको भूमिकामा रहेकी छन्। फिल्मको कथावस्तुले समाज र होमोसेक्युयालिटीको सेरोफेरोलाई उठाएको जनाएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार जरिनले यस फिल्ममार्फत हामोेक्युयालिटीबारेको मानिसको नकरात्मक सोचाइमा परिवर्तन ल्याउनको निम्ति यो भूमिका रोजेको बताएकी छिन्।  

यसलाई हरिश व्यासले निर्देशन गरेका छन् भने अंशुमन झाले निर्माण गरेका हुन्। निर्माता झा यस फिल्मका प्रमुख पात्र वीरको भूमिकामा पनि रहेका छन्।

डिजिटल माध्यमबाट रिलिजका लागि तयारी रहेको यस फिल्मलाई लकडाउनको कारण ओटीटी प्लेटफार्मबाट रिलिज गर्ने विषयमा छलफलल भइरहेको जनाएको छ।

प्रकाशित मिति: १०:५५ बजे, आइतबार, जेठ ३२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्