Kathmandu Press

पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीलाई कोरोना संक्रमण

काठमाडौं, जेठ ३२ : पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान साहिद अफ्रिदीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। अफ्रिदीले  ट्विट गर्दै आफू कोरोना संक्....

पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीलाई कोरोना संक्रमण

काठमाडौं, जेठ ३२ : पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान साहिद अफ्रिदीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। अफ्रिदीले  ट्विट गर्दै आफू कोरोना संक्रमित भएको सार्वजनिक गरेका छन्।

लिजेन्ड अलराउन्डर अफ्रिदी कोरोना संक्रमण हुने तेस्रो पाकिस्तानी क्रिकेटर हुन्। यसअघि टाउफिक उमार र जाफर सर्फराजलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो।

अप्रिदीले लेखेका छन्, ‘बिहीबारदेखि मेरो स्वास्थ्यमा समस्यमा आएको थियो, जिउ निकै दुखेको थियो। कोरोना परीक्षण गराएँ, कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आयो।’

अफ्रिदीले कोरोनाबाट मुक्त हुन सबैको प्रार्थना आवश्यक भएको बताएका छन्।

सन् १९९६ देखि २०१८ सम्म पाकिस्तानी टिममा बिताएका अफ्रिदीले २७ टेस्ट, ३९८ एकदिवसीय र ९९ टि–२० खेल खेलका छन्।

प्रकाशित मिति: १०:१४ बजे, आइतबार, जेठ ३२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्